About Me

My photo
Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल

Wednesday, May 31, 2017

साईबर क्राईम - बि एम ठकुरी


नेतालाई सामाजिक सञ्जालमा गालि गर्याे भने साईवर क्राईम (cyber crime)अन्तरगत मुद्धा लाग्छरे!
जेलमा हाल्छन रे !
अझ धेरै कारवाहि र जरिवाना हरू छन रे
ए बाबा सुन्दा पनि कन्सिरि तातेर अाउछ भन्या!
तिमी नेता नामका प्राणिहरूलाई गालि नगरेर के भगवान शिवलाई झै धुपबत्ति बालाै???
१,तिमी नेता जाे देशकाे सिमाना रक्षा गर्न सक्दैनाै,अनि गालि तिमिलाई नगरेर सुस्ता,टनकपुर र ठाेरिका वासिन्दा जाे हरेक दिन भारतिय एसएसबि बाट कुटिन्छ,लुटिन्छ,बलात्कृत हुन्छन तिनिहरू लाई गाली गरू??-जवाफ देऊ
२,तिमी जनताकाे अधिकार पहिचान का नाममा देश र जनतालाई भ्रमित पार्ने,खण्डित गर्ने राजनित गर्छाै अनि गालि तिम्लाई नगरेर साेझा मजदुर किशानलाई गरू?-जवाफ देऊ
३,तिमी साम्यवाद र समाजवादकाे खाेक्राे नारा दिएर जनताकाे रगत पसिनाबाट संचित राष्टकाे ढुकुटिमा ब्रम्हलुट गर्छाै,बिदेसि बैकमा धन थुपार्छाै,महङ्गा र विलासि जीवन जिउछाै अनि गालि तिम्लाई नगरेर विचरा गरिब जनता जाे छाेरिकाे बिहे गर्न,चाडपर्व मान्न,अाैषधि उपचार गर्न,सन्तानलाई पढाउन बैक तथा साहुबाट झिकेकाे ऋण तिर्न नसकि अात्महत्या गरिरहेका गरिबलाई गालि गरू?-जवाफ देऊ
४,तिमी देशकाे निर्माण गर्नेकाे शालिक फुटाउन लगाउछाै,इतिहास मेटन खाेज्छाै,राष्टियता जति जम्मै दिल्लीमा लगेर बुझाउछाै अनि गालि तिम्लाई नगरेर बे खाडिमा ५० डिग्रिकाे घाममा सयाै तला माथि सावेल र बालुवा सिमेन्टमा जिन्दगि बेच्ने युवालाई गालि गरू?-जवाफ देऊ
५,तिमी क्रान्तिका नाममा बन्दुगकाे नाल बाेकाउछाै साेझा जनताका छाेराछाेरिलाई,सामन्त र शाेशक भन्दै पिता पुर्खालाई गालि गर्छाै र गर्न लगाउछाै,अाफ्नाे इतिहास मेटेर विश्वविख्यात नरसंहार कर्तालाई महान ठानेर माला लगाउछाै,अनि तिमिलाई गालि नगरेर के अमरसिंह,भक्ति र बलभद्र लाई गालि गरू?-जवाफ देऊ
६,जनताका छाेरा छाेरिलाई पढने र सिक्ने उमेरमा ढुङ्गा मुडा गर्न लगाउछाै,अान्दाेलन बन्द हडताल गर्न लगाउछाै अनि तिम्लाई गालि नगरेर के मिठाे खाने र राम्राे लगाउने अाशमा बम्वैमा बेचिन पुगेका विचरी चेलिहरूलाई गाली गरू?-जवाफ देऊ
७,तिमी भुकम्प पिडित जनताकाे नाममा अाएकाे राहत लुटेर महङ्गा गाडि र घर जाेडछाै,जस्ता त्रिपाल र चामल बेच्छाै,अनि तिम्लाई गाली नगरेर अाज सम्म एकथान गतिलाे त्रिपाल पाउन नसकेका ,सानाे बस्नाे छाप्राेसम्म बनाउन नसकेका र अाफ्नै जमिनमा सुकुम्बासीकाे जिन्दगी बिताईरहेका धादिङ र गाेरखाका पिडितलाई गालि गरू,नुवाकाेटका जनतालाई तथानाम भनु?-जवाफ देऊ
८,देशलाई बैदेशिक लगानि र प्रवधनका नाममा जहिल्यै भारत सित राष्टघाति सन्धि गर्दै नदिनाला बुझाउदै जान्छाै,अनि तिम्लाई गालि नगरेर के अाफ्नै गण्डकीकाे किनारमा मरेका लास समेत जलाउन नपाउने र माछा मार्न नपाउने गण्डकी र कर्णालिका गरिब माझिहरूलाई गालि गरू,?जवाफ देऊ
………
………………………
संशोधन गर्न लागिएको संबिधानमा नेता तथा शाशकलाई सकेकाे गालि र जुत्ता हान्न पाउने कुरा माैलिक हकमा कायम गरियाेस!
जय देश !

Are you virgin ?

कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...