About Me

My photo
Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल

Thursday, June 1, 2017

साधु यिनै लुटेरा यिनै, प्रजा यिनै राजा यिनै - GS Paudel

बन्दुक पड्काएर जनसत्ता कायम गर्नु पर्छ भन्दै यो मुलुकमा एक दशकसम्म बिध्वंस मच्चाउने पनि यिनै, नेपालगन्ज स्थित धवल समशेरको घरमा कमल थापालाई बोलाएर ज्ञानेन्द्र शाह समक्ष अरु दललाई स्याक गर्ने सर्तमा संवैधानिक राजतन्त्रको प्रस्ताव गर्ने पनि यिनै । राजतन्त्रको बर्खिलाफमा चर्का नारा ओकलेर हज्जारौ सोझा जनताको रगतमा आहल खेल्ने पनि यिनै, शान्ती प्रकृयामार्फत संसदमा छिरेपछी बेबी किङको माग गर्दै तमासा देखाउने पनि यिनै। जनताले चुनेको संविधानसभा मार्फत संविधान ल्याउनु पर्छ भन्दै मशाल बोक्ने पनि यिनै, संविधान निर्माणका लागि चुनाव गर्न खोज्दा " कहाँ यसरी संविधान ल्याइन्छ? हामीले चुनाव चुनाव भन्ने हो र भित्र भित्रै अर्को बिद्रोहको तैयारी गर्ने हो, चुनाव गर्छु भन्नेका देशै भरी खुट्टा भच्ने हो।" भन्दै आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिने पनि यिनै। दुई ठुला दलहरुको दुई तिहाइ बहुमतको अघी केही जोर नचलेर चेपुवामा परेपछी यो संविधानमा हस्ताक्षर गर्ने पनि यिनै, संविधान जारी गर्ने त्यही दुई तिहाइ जनमत भन्दा अघी सरेर यो संविधानमा सबैभन्दा ठुलो हक दावी गर्ने पनि यिनै । बातै पिच्छे संसदिय प्रणालीलाई फोहोरी खेल भन्दै जनता उचाल्ने पनि यिनै, लगातार पटक पटक त्यही संसदिय प्रणालीको रसस्वादन गर्ने पनि यिनै। सर्वहारा र श्रमजीवीको यो युद्द सामन्तीहरुको बिरुद्द हो भन्दै गोला बम बारुद थमाउने पनि यिनै, आज आफु सुविधा सम्पन्न महलहरुमा बसेर एक छाक चामल र एक चक्की सिटामोल नपाएर रोएका कर्णालीका बाहुन-क्षेत्रीहरु अभिजात्य सामन्तीहरु हुन भनेर बताउने पनि यिनै। जातै पिच्छे राज्य दिन्छु भनेर मुलुकलाई जातिय बिखन्डन्तामा होम्न खोज्ने पनि यिनै, मुख छोपेर राष्ट्रिय एकताको भाषण गर्ने पनि यिनै। भारतीय विस्तारवाद बिरुद्द भन्दै सुरुङ खन्न लगाउने पनि यिनै, २५ बुदेँ मार्फत यो मुलुकको स्वतन्त्र परराष्ट्र नितीलाई भारतको पाउमा चढाउने पनि यिनै। संघियताको बाजा बजाउने पनि यिनै, संविधानले नै बिकेन्द्रिक्रित गरेका अधिकारहरुलाई पुन केन्द्रिक्रित गर्न मरिहत्ते गर्ने पनि यिनै। स्वतन्त्र न्यायपालिकालाई राजनीतिकरण गर्न खिलराज जन्माउने र प्रधानन्यायधिस माथि महाभियोग लगाउने पनि यिनै, शक्ती पृथकिकरणको सुकिलो मुकिलो द्रिष्टान्त दिने पनि यिनै। जनताको आत्मनिर्णयको दुहाइ दिने पनि यिनै, जनताको जनमत च्यात्ने र चपाउने पनि यिनै।
साधु यिनै लुटेरा यिनै, प्रजा यिनै राजा यिनै।
प्यास यिनै पानी यिनै, भोक यिनै खाजा यिनै।।
कुहिएर झरेको पनि बर्षौ बितिसकेको छ यहाँ,
अझै पनि स्वच्छ यिनै, अझै पनि ताजा यिनै ।।

No comments:

Post a Comment

Are you virgin ?

कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...