About Me

My photo
Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल

Monday, June 5, 2017

कांग्रेसको सिद्धान्तच्यूत श्रृंखलाः बाँदरमुढेमा शोकसभा, संसदमा प्रधानमन्त्रीको चुनाव निर्वाचनको निश्पक्षता अधिकृतको ‘पिसाव’ले ढाकिन्छ ?

संयोगले आजकै दिन कल्याणपुर चितवनको बाँदरमुढे खोलाको छेउमा गाउँलेहरुले एउटा शोकसभा आयोजना गरेका छन् र यता काठमाडौंमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित गर्न संसद बैठक आयोजना भएको छ । १२ वर्षअघि माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान पौने ८ बजे माओवादीले बिच्छ्याएको विद्युतीय धरापमा परेको थियो र त्यसै धरापमा ३९ जना सर्वसाधारणको ज्यान गएको थियो । अर्काे संयोग के छ भने माओवादीलाई हिंसात्मक राजनीतिको मलिलो जमीन दिएर हतियार बोकाएर जंगल पठाउने समयमा यो देशका प्रधानमन्त्री शेरबहादुर देउवा थिए र आजै हुने प्रधानमन्त्री चुनावमा देउवालाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक त्यही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् ।

राजनीतिको यो संयोगबीच एउटा गम्भीर र अनुत्तरित प्रश्न छ– देशलाई एक दशकसम्म त्रासद हिंसामा लैजाने त्यत्रो लडाईंको अयोजक को थियो ? जसले हिंसात्मक लडाईंमा देउवा र दाहाललाई अलग मोर्चामा उभ्याएर १० वर्षे हिंसामा लोकतन्त्र डुबाइदियो र देउवा–दाहाललाई एउटै जुवामा नारेर अहिले लोकतान्त्रिक मुल्यपद्दतिमाथि प्रहार गरिरहेको छ । सत्ताको लेनदेनबाट लाभान्वित हुनेले त यसलाई सहज सत्ता हस्तान्तरणको नैतिक लेपन लगाएर महिमामण्डन गरिरहेका छन् तर, दाहाल–देउवाको १० महिना लामो ‘सहकार्य’ले कांग्रेसलाई सिद्धान्तच्यूत बनाएको केही घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । लामो फेहरिस्त नै चाहिंदैन, माओवादी नेताकी छोरीलाइ भरतपुरमा मेयर बनाउन मतपत्र च्यातेर पुनः निर्वाचन गराउन निर्वाचन आयोगलाई प्रयोग गर्ने कामसम्म कांग्रेस साक्षी बस्नु त्यसको ताजा उदाहरण हो र यो पनि संयोगले भरतपुरकै घटना हुन पुग्यो ।



लोकतन्त्रका संस्थाहरुको स्वतन्त्रतामा विश्वास राख्ने कांग्रेसजनले भरतपुर घटना, प्रधानन्यायाधीशमाथिको महाभियोग, आइजीपी काण्ड, राजदूत काण्ड आदिलाई सामान्यीकरण गर्न भरतपुर काण्ड एउटा निर्वाचन अधिकृतलाई पिसाव लाग्नुको भवितब्यका रुपमा ब्याख्या गरेर उम्किन सक्छन् । तर, भोट गन्दै अन्तिम चरणमा पुगेपछि वालुवाटारमा बैठक बस्छ, भरतपुरमा छोरी जिताएर ल्याउन निर्देशन दिन्छ, मतपत्र च्यातिन्छ, एक हप्ता अन्यमनस्कतामा विताएर निर्वाचन आयोग पुनः मतदान गराउने निर्णय गर्छ र कांग्रेस त्यसको साक्षी बस्छले कांग्रेसको सिद्धान्तच्यूतसँग गहिरो साइनो राख्छ । कांग्रेस र माओवादीको सम्बन्धमा पछिल्लो पटक भरतपुर जोडिनुको संयोगले मात्रै यस घटनालाई उदाहरण बनाइएको हो । माओवादीसँग कांग्रेसको संगतले निर्माण गरेको सैद्धान्तिक विचलनका यो भन्दा ठूल्ठूला उदाहरण छन् ।

राजनीतिलाई समाजसँग अलग गरेर नेताहरुको स्वार्थसँग मात्रै गाँस्ने हो भने बेग्लै कुरा नत्र लोकतान्त्रिक मुल्यपद्दति विरुरद्ध माथि चित्रण गरिएजस्तो सहकार्य सिद्धानतच्यूत नै हुन् । कहिले बाबुको टाउकोको मुल्य तोक्छ, कहिले छोरीलाई काँधमा बोक्छ । चुनावमा आफ्नो दलको उम्मेदवारलाई जबर्जस्ती फिर्ता गर्छ र मतपत्र च्यातेर छोरी जिताउने जालझेलको तमसुकमा सहीछाप गर्छ । कांग्रेस भनेकै शेरबहादुरको निजी स्वार्थ हो, त्यसका अघिल्तिर राष्ट्रियता, प्रजातन्त्र र समाजवाद केही होइन, बाँदरमुढेमा मारिएका निर्दाेष नागरिकको जीवनमुल्य पनि केही छैनमा कांग्रेस रुपान्तरण भएको छ ।



यही सिद्धान्तहीन गठबन्धनको औचित्य पुष्टि गर्न आम कांग्रेस होइन, कांग्रेसको देउवा प्रशासनले पछिल्लो पटक लामो समयदेखिको लोकतान्त्रिक सहयात्री एमालेलाई गाली गर्ने अभियान चलाएको छ । संविधानसभाले संविधान जारी गरेदेखि नै कांग्रेसले नयाँ सिद्धान्त प्रतिपादन गर्यो– संसदका मुख्य दलहरुले सरकारमा सहकार्य गर्नु हुँदैन । त्यसको अन्तर्य थियो लोकतान्तिक संविधानलाई संस्थागत हुन नदिन कृतिम रुपमा खडा गरिने ध्रुवीकरणलाई मलजल गर्नु । ०४६ सालदेखि सहकार्य गर्दै आएको एमालेलाई एक्ल्याएर लोकतन्त्रलाई तात्कालीन रणनीतिका रुपमा मात्रै अख्तियार गरेको माओवादीसँग घाँटी जोड्नु । त्यसपछि नाश हुने त कांग्रेसकै थियो, कांग्रेसको छविमाथि लागेको धब्बा र भरतपुरको विद्रुप रुप त्यही सहकार्यको परिणति हो ।

कांग्रेसको सिद्धान्तका तीनवटा आधार छन्, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । आजको मितिमा राष्ट्रियताको आदर्शमा कांग्रेस कहाँ उभिएको छ भनिरहनु पर्दैन । एमाले अध्यक्ष केपी ओलीले आत्मसात गरेको राजनीतिक गन्तब्यबाट हतप्रभ भएर कांग्रेस ओली र एमाले विरुद्ध प्रहार गर्ने एकसुत्रीय ध्याउन्नमा छ । यतिबेला कांग्रेस संस्थापक बीपी कोइरालाको सम्झना हुन्छ । बीपीले आफ्नो राजनी

No comments:

Post a Comment

Are you virgin ?

कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...