About Me

My photo
Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल

Tuesday, July 11, 2017

गजल : सुगम सुनामि

पहिले देश चल्थ्यो निरंकुश राजारानी बाट
अचेल  देश  चल्छ  नेताको  मनोमानी बाट
------------
हावाबाट बिजुली  अलि पछि  निकालौला,
पहिले बिजुली निकालौ नेता ज्यु पानी बाट
------------
ग्यासको पाइप घरमै चाहिदैन जनतालाई,
उत्खनन  गरिदिए पुग्छ ग्यास खानी बाट
------------
घर  छेउमै  घर  हुन्छन  मन  टाढा  टाढा,
मैले  यहि  कुरा  बुझे तिम्रो  राजधानीबाट
--------------
एउटा  त  चिल्लो  कार  किन्दै  हुनुहुन्छ रे,
भन्नुस अरु के किन्ने जनताको लगानी बाट
--------------
म यस्तो हु म उस्तो हु भनिरहनु पर्दैन मित्र,
को  कस्तो छ  थाहा हुन्छ  यार बानी बाट
©सुगम सुनामी

No comments:

Post a Comment

Are you virgin ?

कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...