About Me

My photo
Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल

Saturday, August 26, 2017

Are you virgin ?

कथा :- Are you virgin ?

उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्तो प्रस्न गरि । अक्सर यो प्रस्न त केटाले केटि लाई गर्थे मैले पनि गरेको छु कति लाई तर पहिलो पटक कसैले मलाइ सोधेको छ । म के उत्तर दिउ अकमक्क परे ।
यो प्रस्न म सङ पहिलो पटक भएको होइन कलेज वा बाहिर साथी हरु बिच हुदा म धेरै पटक भएको मजाक मा उडिएको छु हास्यपात्र बनेको छु  । यो २१ औ सताब्दी मा म बकुल्ला को भिड मा काग सरि भएको थिय । तर उस्ले अचानक यो प्रस्न गर्नु किन  थियो उ र म बिच त कैलै माया पिरती को कुरा भएको थियन । उस्ले आफै भन्ने गर्थी म नर्स हो मेरा लागि सेक्स को कुरा नर्मल हो । कैले काइ त के पढे  त्यो नि बताउने गर्थी म भने नबुजे पनि chat लम्ब्याउन कै लागि अ मा अ मिलाउदै जान्थे । म रात को ११ बजे आफ्नो ओछ्यान मा पन्खा को तल कट्टु मात्र लगाएर सितल हावा को महसुस गरिरहेको बेला उस्ले यस्तो प्रस्नले गर्दा एकाएक मन मा गर्माहट बढ्यो र मन को गर्मी ले बाहिर पसिना निकाल्यो ।

फेरि उस्कै मेसेज आयो हजुर कता हराउनु भयो ।

अ साच्चै कता हराएको छु म आफैलाइ था पाउन खोज्दै छु कुनै केटि ले मलाइ तेस्तो प्रस्न गर्दा मन मा काउकुती लागेको छ यो स्वभाबिक नि हो केटि ले कै नभन्दा नि ना थरी सोच्ने यो मन आज उस्ले सोध्दा  उशृखिल भावना पोखिनु सामान्य थियो ।
उत्तर के दिउ त म virgin हो भनौ ? किन भनौ मेरो virginity त उहीँले तोडिएको छ जब मैले सेक्स भिडियो मोबाइल मा राखी लुकि लुकि हेर्दै बिर्य स्खल्न गरेको थिय। के म virgin हैन ? किन हैन ? म ऐले सम्म कुनै केटि सङ सेक्स गरेको पनि त छैन । उत्तर दिए
उम्म म virgin छु
केही बेर नलागाइ उता बाट मेसेज आयो
Are you serious ? साथ मा केही स्माइल इमोजी पनि 😂😂

अरे यार के म मजाक गरि रहेको थिय र ? मजाक गर्नु थियो तेत्रो बेर आफैलाइ किन खोदल्थे र । उस्ले मलाइ भेटेकी थिय यस्तै कबिता बाचन मा खुबै मेरा शब्द को तारिफ गर्दै मुहार पुस्तिका मा भएको नाम सोधी request पठाकि थि । उहीँ बेलुका मेसेज आएको नि थियो हजुर राम्रो हजुर को शब्द उस्तै राम्रो तर हजुर को स्वर चै धोद्रो रैछ । उस्लाइ म बैनी ले सम्बोधन गर्दथे हुन पनि म  उ भन्दा ४-५ बर्स ले ठूलो नै थिए  ।प्राय म कसै सङ नघुल्ने उस्का जबर्जस्ति गरिने प्रस्न उत्तर दिदा दिदै उस्को रुप मा लोभिएको थिय पछी बिस्तारै बहिनी बाट साथी को रुप।मा स्विकारेको थिय  । अजै पनि त्यो कफि पसल साची छ उस्ले साथी बनाएको उपलक्ष्य मा कफि भेट गरेर  मलाइ घडी उपहार दिएकी थि अनि मैले उस्को सुन्दरता को तारिफ गरेको थिय । साच्चै उ असाध्य राम्री थि डल्लि डल्ली मोटि मोटि गुडिया जस्तै तर म उस्लाइ गुडिया मा दाजिन गुडिया बजार मा बिक्ने गर्थे ।
साथि बनी सके पनि मैले उस्लाइ कैलै माया गर्ने जस्तो भाव प्रकट गरेको थिन । किन उस्ले यस्तो प्रस्न गरि । म भित्र को राक्षसि रुप जुन हरेक राम्री लाग्ने केटि लाई यो आँखा ले नङाएको बुज्न खोजेकी हो ? कि उस्को बढ्दो बैँस र परिपक्व हुन खोजेका उस्का उम्लेका हर्मोन को असर हो ।
यतिन्जेल उस्का 6 मेसेज आइ सकेको रहेछ । म उत्तर दिए
के म तिमिलाइ मजाक गरे जस्तो लाग्छ साथ मा निरास सङै उस्का प्रस्न ले झर्किए जस्तो फिलिङ बताउन इमोजी पनि 😏😏😒😒

उस्को मेसेज यति चाडो रिप्लाइ आयो कि पैले नै उस्ले तयारी का साथ बसेकी छ
नरिसाउनु न महोदय म केबल जान्न चाहेको थिय रिसाउनु भको हो र

 नाइ हैन रिसाको छैन 😑😑
प्राय उस्ले मलाइ सम्बोधन गर्ने शब्द नै महोदय थियो
 उस्ले फेरि मेसेज लेख्न थाली यो पटक धेरै नै Typing मा रह्यो सायद यो पटक तयारी का साथ बसेकी थिन ।
केही बेर पछि ६-७ लाइन को मेसेज आयो । जब पढे आफै मा सप्राइज पाए
" पृय महोदय जुन दिन हजुर को प्रेमिल कबिता बाचन सुने उहीँ दिन हजुर को शब्द मा घुले र बिस्तारै हजुर मा , था छैन म कैले कसरी किन माया गर्न थाले तर म हजुर लाई माया गर्छु । सायद गलत थिय म हजुर virgin हो हैन भनी प्रस्न गर्नु तर म virgin भएकोले मेरो हुने होला नि virgin चाहान्थे । हजुर मलाइ नराम्रो सोच्नु कुनै आपती छैन । म आज नशा मा छु र नसा को सहायता मा हजुर लाई प्रस्ताब राखेको छु मन्जुर भए मेसेज रिप्लाइ गर्नु नत्र माफ "

नसामा छु रे अरे कतै यो नसा को ताल मा अन्जान मा गरिएको मजाक त हैन ? माया त निस्वार्थ हुन्थ्यो , यस्ले मेरो धन दौलत भन्दा नि सारिरिक रुप virginity खोजी के यो स्वार्थ हैन र
#भुत
    अर्को भाग अवस्य आउछ
?

Thursday, August 3, 2017

देश र प्रेमिका

प्रिया,

मैले भनेकै थिएँ

म आँखामा सपनाहरू बोकेर हिँडेको मान्छे

जसलाई मैले साकार पार्नुछ

मेरो काँधमा जिम्मेवारीहरू छन्

जसलाई मैले निर्वाह गर्नुछ

ओठमा अलिकति हाँसो छ

जुन बाँड्नु छ नानीहरूलाई

छातीमा पीडा छन्

पोख्नुछ कसैको अँगालोमा

पैतालामा छन् गन्तव्य

नाघेर पुग्नुछ त्यहाँसम्म

त्यसैले मलाई यो मायावी संसारमा

अल्झनु छैन ।

हो ! मैले भनेकै हो

जिन्दगी आशा हो

जसरी भेटिन्छन् अँध्यारोमा जूनकीरीहरू

जिन्दगी खुसी पनि हो

जसरी भेटिन्छन् बगरमा मुस्कुराइरहेका फूलहरू

जिन्दगी सपना पनि त हो

जसरी भेटिन्छन् आकाशमा दौडिरहेका बादलहरु

मैले भनेको छु र

जिन्दगी निरासा हैन भनेर ?

जिन्दगी बिछोड पनि हो

जसरी छुटिन्छ आकाश र धर्ती

जिन्दगी पीडाको गीत पनि हो

जसरी छुट्टिन्छन् नदीका दुई किनार

जिन्दगी आँसु पनि हो

जसरी बहन्छ हावा सुसेलेर सल्लाहरूसँग

भेटिनु नियति हो

छुटिनु पनि नियति हो

तिमीले के खोज्यौ

के भेट्टायौ ?

तिमीले सिर्फ देख्यौ मेरो अँखामा सपना

देख्यौ काँधमा जिम्मेवारीको भारी

मात्रै देख्यौ छातीका पीडाहरू

तर, देखिनौ

मेरा आँखामा बुद्ध

मेरो शिरमा सगरमाथा

र, मेरो छातीमा देश

हो मैले भनेको थिएँ

म मायामा त्याग गर्न तयार छु

धन, सम्पत्ति, आफन्त, साथीभाइ र इष्टमित्र

मैले यो पनि भनेको हुँ

म तिमीलाई औधी माया गर्छु

मदनले मुनालाई गरे धन्दा पनि धेरै

रोमियोले जुलियटलाई गरेको भन्दा दोब्बर

साहजाँले मुमताजलाई गरे भन्दा बढी

तर, मैले कहिल्यै भनिनँ

म तिमीलाई

मेरो देशलाई भन्दा धेरै माया गर्छु !

Are you virgin ?

कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...