writer
About Me

- बि एम ठकुरी
- Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल
Saturday, August 26, 2017
Are you virgin ?
उस्ले अचानक यस्तो प्रस्न गर्दा मन चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्तो प्रस्न गरि । अक्सर यो प्रस्न त केटाले केटि लाई गर्थे मैले पनि गरेको छु कति लाई तर पहिलो पटक कसैले मलाइ सोधेको छ । म के उत्तर दिउ अकमक्क परे ।
यो प्रस्न म सङ पहिलो पटक भएको होइन कलेज वा बाहिर साथी हरु बिच हुदा म धेरै पटक भएको मजाक मा उडिएको छु हास्यपात्र बनेको छु । यो २१ औ सताब्दी मा म बकुल्ला को भिड मा काग सरि भएको थिय । तर उस्ले अचानक यो प्रस्न गर्नु किन थियो उ र म बिच त कैलै माया पिरती को कुरा भएको थियन । उस्ले आफै भन्ने गर्थी म नर्स हो मेरा लागि सेक्स को कुरा नर्मल हो । कैले काइ त के पढे त्यो नि बताउने गर्थी म भने नबुजे पनि chat लम्ब्याउन कै लागि अ मा अ मिलाउदै जान्थे । म रात को ११ बजे आफ्नो ओछ्यान मा पन्खा को तल कट्टु मात्र लगाएर सितल हावा को महसुस गरिरहेको बेला उस्ले यस्तो प्रस्नले गर्दा एकाएक मन मा गर्माहट बढ्यो र मन को गर्मी ले बाहिर पसिना निकाल्यो ।
फेरि उस्कै मेसेज आयो हजुर कता हराउनु भयो ।
अ साच्चै कता हराएको छु म आफैलाइ था पाउन खोज्दै छु कुनै केटि ले मलाइ तेस्तो प्रस्न गर्दा मन मा काउकुती लागेको छ यो स्वभाबिक नि हो केटि ले कै नभन्दा नि ना थरी सोच्ने यो मन आज उस्ले सोध्दा उशृखिल भावना पोखिनु सामान्य थियो ।
उत्तर के दिउ त म virgin हो भनौ ? किन भनौ मेरो virginity त उहीँले तोडिएको छ जब मैले सेक्स भिडियो मोबाइल मा राखी लुकि लुकि हेर्दै बिर्य स्खल्न गरेको थिय। के म virgin हैन ? किन हैन ? म ऐले सम्म कुनै केटि सङ सेक्स गरेको पनि त छैन । उत्तर दिए
उम्म म virgin छु
केही बेर नलागाइ उता बाट मेसेज आयो
Are you serious ? साथ मा केही स्माइल इमोजी पनि 😂😂
अरे यार के म मजाक गरि रहेको थिय र ? मजाक गर्नु थियो तेत्रो बेर आफैलाइ किन खोदल्थे र । उस्ले मलाइ भेटेकी थिय यस्तै कबिता बाचन मा खुबै मेरा शब्द को तारिफ गर्दै मुहार पुस्तिका मा भएको नाम सोधी request पठाकि थि । उहीँ बेलुका मेसेज आएको नि थियो हजुर राम्रो हजुर को शब्द उस्तै राम्रो तर हजुर को स्वर चै धोद्रो रैछ । उस्लाइ म बैनी ले सम्बोधन गर्दथे हुन पनि म उ भन्दा ४-५ बर्स ले ठूलो नै थिए ।प्राय म कसै सङ नघुल्ने उस्का जबर्जस्ति गरिने प्रस्न उत्तर दिदा दिदै उस्को रुप मा लोभिएको थिय पछी बिस्तारै बहिनी बाट साथी को रुप।मा स्विकारेको थिय । अजै पनि त्यो कफि पसल साची छ उस्ले साथी बनाएको उपलक्ष्य मा कफि भेट गरेर मलाइ घडी उपहार दिएकी थि अनि मैले उस्को सुन्दरता को तारिफ गरेको थिय । साच्चै उ असाध्य राम्री थि डल्लि डल्ली मोटि मोटि गुडिया जस्तै तर म उस्लाइ गुडिया मा दाजिन गुडिया बजार मा बिक्ने गर्थे ।
साथि बनी सके पनि मैले उस्लाइ कैलै माया गर्ने जस्तो भाव प्रकट गरेको थिन । किन उस्ले यस्तो प्रस्न गरि । म भित्र को राक्षसि रुप जुन हरेक राम्री लाग्ने केटि लाई यो आँखा ले नङाएको बुज्न खोजेकी हो ? कि उस्को बढ्दो बैँस र परिपक्व हुन खोजेका उस्का उम्लेका हर्मोन को असर हो ।
यतिन्जेल उस्का 6 मेसेज आइ सकेको रहेछ । म उत्तर दिए
के म तिमिलाइ मजाक गरे जस्तो लाग्छ साथ मा निरास सङै उस्का प्रस्न ले झर्किए जस्तो फिलिङ बताउन इमोजी पनि 😏😏😒😒
उस्को मेसेज यति चाडो रिप्लाइ आयो कि पैले नै उस्ले तयारी का साथ बसेकी छ
नरिसाउनु न महोदय म केबल जान्न चाहेको थिय रिसाउनु भको हो र
नाइ हैन रिसाको छैन 😑😑
प्राय उस्ले मलाइ सम्बोधन गर्ने शब्द नै महोदय थियो
उस्ले फेरि मेसेज लेख्न थाली यो पटक धेरै नै Typing मा रह्यो सायद यो पटक तयारी का साथ बसेकी थिन ।
केही बेर पछि ६-७ लाइन को मेसेज आयो । जब पढे आफै मा सप्राइज पाए
" पृय महोदय जुन दिन हजुर को प्रेमिल कबिता बाचन सुने उहीँ दिन हजुर को शब्द मा घुले र बिस्तारै हजुर मा , था छैन म कैले कसरी किन माया गर्न थाले तर म हजुर लाई माया गर्छु । सायद गलत थिय म हजुर virgin हो हैन भनी प्रस्न गर्नु तर म virgin भएकोले मेरो हुने होला नि virgin चाहान्थे । हजुर मलाइ नराम्रो सोच्नु कुनै आपती छैन । म आज नशा मा छु र नसा को सहायता मा हजुर लाई प्रस्ताब राखेको छु मन्जुर भए मेसेज रिप्लाइ गर्नु नत्र माफ "
नसामा छु रे अरे कतै यो नसा को ताल मा अन्जान मा गरिएको मजाक त हैन ? माया त निस्वार्थ हुन्थ्यो , यस्ले मेरो धन दौलत भन्दा नि सारिरिक रुप virginity खोजी के यो स्वार्थ हैन र
#भुत
अर्को भाग अवस्य आउछ
?
Thursday, August 3, 2017
देश र प्रेमिका
प्रिया,
मैले भनेकै थिएँ
म आँखामा सपनाहरू बोकेर हिँडेको मान्छे
जसलाई मैले साकार पार्नुछ
मेरो काँधमा जिम्मेवारीहरू छन्
जसलाई मैले निर्वाह गर्नुछ
ओठमा अलिकति हाँसो छ
जुन बाँड्नु छ नानीहरूलाई
छातीमा पीडा छन्
पोख्नुछ कसैको अँगालोमा
पैतालामा छन् गन्तव्य
नाघेर पुग्नुछ त्यहाँसम्म
त्यसैले मलाई यो मायावी संसारमा
अल्झनु छैन ।
हो ! मैले भनेकै हो
जिन्दगी आशा हो
जसरी भेटिन्छन् अँध्यारोमा जूनकीरीहरू
जिन्दगी खुसी पनि हो
जसरी भेटिन्छन् बगरमा मुस्कुराइरहेका फूलहरू
जिन्दगी सपना पनि त हो
जसरी भेटिन्छन् आकाशमा दौडिरहेका बादलहरु
मैले भनेको छु र
जिन्दगी निरासा हैन भनेर ?
जिन्दगी बिछोड पनि हो
जसरी छुटिन्छ आकाश र धर्ती
जिन्दगी पीडाको गीत पनि हो
जसरी छुट्टिन्छन् नदीका दुई किनार
जिन्दगी आँसु पनि हो
जसरी बहन्छ हावा सुसेलेर सल्लाहरूसँग
भेटिनु नियति हो
छुटिनु पनि नियति हो
तिमीले के खोज्यौ
के भेट्टायौ ?
तिमीले सिर्फ देख्यौ मेरो अँखामा सपना
देख्यौ काँधमा जिम्मेवारीको भारी
मात्रै देख्यौ छातीका पीडाहरू
तर, देखिनौ
मेरा आँखामा बुद्ध
मेरो शिरमा सगरमाथा
र, मेरो छातीमा देश
हो मैले भनेको थिएँ
म मायामा त्याग गर्न तयार छु
धन, सम्पत्ति, आफन्त, साथीभाइ र इष्टमित्र
मैले यो पनि भनेको हुँ
म तिमीलाई औधी माया गर्छु
मदनले मुनालाई गरे धन्दा पनि धेरै
रोमियोले जुलियटलाई गरेको भन्दा दोब्बर
साहजाँले मुमताजलाई गरे भन्दा बढी
तर, मैले कहिल्यै भनिनँ
म तिमीलाई
मेरो देशलाई भन्दा धेरै माया गर्छु !
Sunday, July 16, 2017
प्रचन्ड ज्यु हजुर साच्चिकै राज नेता हुनुहुन्थ्यो भने १० बर्ष को जनयुद्ध मा हजुर ले आफ्नो छोरा लाई भारत प्रसिद्ध बिधालय मा होइन आफै युद्ध लडाउनु पर्ने ।
प्रचन्ड ज्यु हजुर साच्चिकै राज नेता हुनुहुन्थ्यो भने १० बर्ष को जनयुद्ध मा हजुर ले आफ्नो छोरा लाई भारत प्रसिद्ध बिधालय मा होइन आफै युद्ध लडाउनु पर्ने । जो गरिब जनता का छोरा छोरी शिक्षा हासिल गरेर के हि समज का लागि योग्दान गर्न सक्ने थिय तर तपाई ले तेसो हुन दिनु भयेन तिनीहरु लाई जबर्जस्ति युद्ध सामेल गराउनु भयो । आखिर नेपाली आमा को कोख रित्याउनु भयो ।। युद्धमा लडेर घाइते भएका हरु को शरीर बाट अझै गोलि झिकिएका छैनन । आखिर तिनले के पाय ।मलाई राम्रो सङग थाहा छ ०६२/०६३ को आन्दोलन मा जन्ता सो खुसी ले कोहि पनि आन्दोलन उत्रिएका थियनन ।। पर्त्यक गाउँ टोल गयेर लात हानेर आन्दोलन मा सहाभागी गराइनु भयोको थियो।अझ यो पनि भन्न सकिन्छ कि ०६२/०६३ को आन्दोलन नेपाली को थियन र १० बर्ष को युद्ध पनि नेपाली का लागि थिएन त्यो केबल भारत का लागि थियो।। ०६२/०६३ को हुनुबन्दा पहिला नै तत्कालीन गृहमन्त्री कमल थापा लाई चीनिया राजदुत ले जानकारी गराउनु भयोको थियो भारत ठुलो पैसाको चल खेल भयेको छ नेपाल मा ठूलो दुर्घटना हुनुसक्छ भनेर जानकारी गराउनु भएको थियो ।तर त्यो पैसा नेपाली काङ्ग्रेस र माओवादी ले रातारात गाएव बनाय ।तेस्पछी त ०६२/०६३ आन्दोलन चर्केको हो। सोचियोस प्रचण्ड जि २०७१पुस १गते गाला झापड हानेका थिए ।अब यस्तै रह्यो भने छाती मा गोलि पनि हान्ने छ्न ।
Tuesday, July 11, 2017
गजल : सुगम सुनामि
पहिले देश चल्थ्यो निरंकुश राजारानी बाट
अचेल देश चल्छ नेताको मनोमानी बाट
------------
हावाबाट बिजुली अलि पछि निकालौला,
पहिले बिजुली निकालौ नेता ज्यु पानी बाट
------------
ग्यासको पाइप घरमै चाहिदैन जनतालाई,
उत्खनन गरिदिए पुग्छ ग्यास खानी बाट
------------
घर छेउमै घर हुन्छन मन टाढा टाढा,
मैले यहि कुरा बुझे तिम्रो राजधानीबाट
--------------
एउटा त चिल्लो कार किन्दै हुनुहुन्छ रे,
भन्नुस अरु के किन्ने जनताको लगानी बाट
--------------
म यस्तो हु म उस्तो हु भनिरहनु पर्दैन मित्र,
को कस्तो छ थाहा हुन्छ यार बानी बाट
©सुगम सुनामी
Thursday, June 29, 2017
ठमेल काण्ड सन्दर्भ असार १५ सडक मा तमाशा
उता बुटवलमा आफ्नै व्यक्तिगत लगानीमा चन्दा उठाएर स्थानीय सर्बसाधरणले आफ्नो घर अगाडिको सडक पिच गरेछन !
कहाको बर्समा करोडौ व्यापार र घरभाडा उठाउने ठमेलबासी कहाको कहाको भखर भखर बीकासले गति लीदै गरेको ठाउका बुटवलबासी ,
काठमाडौंका जन्ताको कु सोच अनि बुटवल बासीको यो उच्चतम सोच,
आखीर ठमेल बासी पनि सामाजिक प्राणी हुन, र बुटवलबासी पनि ,
हरेक कुरामा सरकारको मुख ताक्नु हुन्न आफै पनि गर्न सक्छौ भन्ने र गर्ने बुटवलबासीको कति राम्रो सोच,आफू सक्ने हुदाहुदै सरकार ले गर्दीयन भनेर मीडीया बोलाएर सहरको ब्याइज्जेत गर्दै सडकमा धान रोप्ने यो कस्तो सोच ?
मैले के अनुभुती गर्दै छु भने ठमेल एक उदाहरण हो प्राय धेरै
सहरमा स्वार्थीको झुन्डहरु बस्छन , यहाका मान्छेहरु अरुलाइ सोसेर खान पल्केका हुन्छ्न , यीनीहरुको दीमागमा पैसा भन्दा बाहेक अरु केही हुदैन , यीनीहरुको दीमागमा लोभको सागर हुन्छ !
यीनीहरु मीडीया प्रेमी हुन्छन खादाको भोको हुन्छन ,चर्चामा आउन जस्तोसुकै हर्कत गर्छन ,
तर मैले गाउको बारेमा जहाँ म जन्मीए त्यहा के सोच्छु र बुझ्छु भनेनी
गाउका धेरै मान्छेहरु नीस्वार्थी हुन्छन समाजमा मीलेर बस्नुपर्छ भन्ने सोच्छन , आफुले गर्न सक्ने काम सरकारसङ्ग मुख ताक्दैनन , गाउमा कोही भोकै मर्नुपर्दैन , उपचार गर्न टाढा जानुपर्ला तर पैसो नभएर हतपत कोही अकालमा मर्नुपर्दैन कीनकी गाउको मान्छेको मनमा दयाको सागर हुन्छ !
यीनीहरु कुनै ठुला मान्छेबाट खादा ओढन र नौटङ्की चर्चाको भोको हुदैनन ,
सरकारको मुख मात्रै ताक्ने हैन आफै पनि गर्न सक्नुपर्छ भन्ने कुरा ठमेलबासीले बुटवलका जन्ता बाट सीकुन !
Sunday, June 25, 2017
भारत र india मा के फरक छ
भारत र India मा के फरक छ त ?
- नेपाललाई अंग्रेजीमा पनि Nepal नै भनिन्छ ।
बंगलादेशलाई पनि Bangaladesh नै भनिन्छ र लेखिन्छ पनि । त्यस्तै Germany, America, France, Canada, Bhutan, Japan आदि देशहरुलाई पनि सोहि नामले चिनिन्छ तर भारतलाईअंग्रेजीमा किन India भनिन्छ र लेखिन्छ त ? यो कुरा सबैलाई थाह नहुन सक्छ ।
India को शाब्दिक अर्थ Oxford Dictionary को
Page No. 789 मा यसरी उल्लेख गरिएको छ .....
" Old fashioned and Criminal Peoples" अर्थात " निच बिचारका पिछडिएका अपराधीहरुको प्रदेश" !!
भारतमा British उपनिबेश रहेकै बेला भारत र भारतीयहरु प्रति घृणा पुर्वक India राखेका थिए !!
साथै India मा रहेका सम्पूर्ण औपनिवेशिक कार्यालयहरु र मनोरन्जनका केन्द्रहरुका मुख्य प्रबेश द्वारहरुमा लेखिएको हन्थ्यो ......
"Indian and Dog are not allowed !!"
यसरी अंग्रेजहरुले Indian हरुलाई कुकुर सरह नै मानेका थिए !!
- सबैमा चेतना भया !!✋✋ ✊✊
#जय_नेपाल 💕✊✊
दार्जिलिङ को नेपाली भाषी दाजुभाई तथा दिदी बहिनी हरुको लागि एउटा सुझाव पहिला तिमीहरुको प्रधानमन्त्री लाई एउटा ज्ञापनपत्र बुझाउ ।
दार्जिलिङ को नेपाली भाषी दाजुभाई तथा दिदी बहिनी हरुको लागि एउटा सुझाव
पहिला तिमीहरुको प्रधानमन्त्री लाई एउटा
ज्ञापनपत्र बुझाउ
त्यसमा यो लेख कि जम्बु कश्मिर मा आफ्नो ज्यान को बाजि लगाएर सिमा रक्षा गरिरहेका सबै गोर्खा बटालियन का सैनिक हरुलाई नेपाल पठाईदेउ ।।
हामी अाफ्नो सिमा रक्षा आफै गर्न सक्छौ ।।
सक्छौ तिमीहरु यो गर्न???
ईन्डियन हुनुमा त्यतिको गर्व लाग्छ भने जाउ पहिला आफ्नो देश बचाउ सक्छौ ???
एउटा कुरा याद राख तिमीहरु नेपाली भाषि मात्र हो गोर्खाली होइन ।।।
#एक_नेपाली
Are you virgin ?
कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...

-
नेतालाई सामाजिक सञ्जालमा गालि गर्याे भने साईवर क्राईम (cyber crime)अन्तरगत मुद्धा लाग्छरे! जेलमा हाल्छन रे ! अझ धेरै कारवाहि र जरिवाना ...
-
बन्दुक पड्काएर जनसत्ता कायम गर्नु पर्छ भन्दै यो मुलुकमा एक दशकसम्म बिध्वंस मच्चाउने पनि यिनै, नेपालगन्ज स्थित धवल समशेरको घरमा कमल थापालाई ...
-
भारत र India मा के फरक छ त ? - नेपाललाई अंग्रेजीमा पनि Nepal नै भनिन्छ । बंगलादेशलाई पनि Bangaladesh नै भनिन्छ र लेखिन्छ पनि । त्यस्तै ...