भ्रस्टाचारका फाइल खोल्दै घुसखोरलाई सजायँ फैसला गर्दा सुशिलालाई महाभियोग लगाए पछि अब सर्बोच्छ अदालत नंग्रा र दाह्रा नभएको बाघ भाको अवस्थामा निर्वाचन आयोगका आयुक्तले मतगणना गर्ने निर्णय गरेको भए अयोधी प्रसाद यादव माथि पनि महाभियोग लाग्ने निश्चित नै थियो तसर्थ उनले जे गरे त्यो स्वभाविक नै थियो !!! अबका चुनाव वास्तबमै नाटकीय हुने भए !!! जे होस् भरतपुर चुनावको स्वाद घन्टौं चपाएको चुइङ गम जस्तो भयो ! अब चपाउनु र थुक्नुमा खासै अर्थ रहेन !!! अब जित्ने रेणु दाहाल हुने निश्चित प्राय : जस्तै छ ! जे होस् हारे पनि देबी जितेकै हुन् भने रेणुलाई पनि हारेकी रन्जु दर्शनाको जस्तो बिजयी स्वाभिमान हुने छैन !! रेणु र उनको बाबा दादा अनि काकु देउबाको शैलीमा जसरी पनि जित्ने साम दाम दण्ड भेद चरितार्थ भएको छ !!! जे होस् नेपालको मुटु चितवन बाट मुलुक भरि राम्रो नजिर संचार हुने आश थियो तर बिडम्बना नै भन्नु पर्छ जे नहोस भनेको थियो त्यही भयो !!! अब १९ नम्बरका जनताले पुन : मतदानको नियत बुझेर राष्ट्रिय सन्देश दिने गरि कायापलट गरे फरक कुरा नत्र आयोगलाई अबका चुनाव फलामका च्युरा हुने निश्चित छ !!! मतपत्र च्यात्नेलाई पनि फूलमाला र खादाले स्वागत गर्ने पनि नजिर बसेको छ !! जे होस् नेपाली कांग्रेस र माओवादी जो यो चुनाबी गठबन्धनको पक्षमा छन् र एमाले देखि सहन्नन खुशी नै होलान् !!! यहाँ कुरो कुनै दलको थिएन ! यदि रेणु बिजय उन्मुख भएर एमालेका बुथ प्रतिनिधिले मतपत्र च्यात्ने गरेको भए यस्तो फैसला आयोग ले गर्थ्यो त भन्ने हो ! अनि के अब आउने चुनावहरु पनि यसरी नै अगाडि बढे भने राज्यकोष, जनताको समय , श्रोत र शक्तिले थेग्न सक्ला !!!एमालेले भरतपुर १९ को मतपत्र च्यातिएकोले फेरि चुनाव गराउने निर्णयको बिरोध हैन स्वागत गर्नु पर्छ - बरु मतगणना सकिने बेला माओवादीले जसरी आफ्ना प्रतिनिधि मार्फत अलिकति च्यात्ने त्यस पछि अण्डा पहिला कि कुखुरा पहिला भन्ने बहसको दोहोरी सुरु गरे फाईदा होला जस्तो लाग्छ !!
About Me

- बि एम ठकुरी
- Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल
Subscribe to:
Post Comments (Atom)
Are you virgin ?
कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...

-
नेतालाई सामाजिक सञ्जालमा गालि गर्याे भने साईवर क्राईम (cyber crime)अन्तरगत मुद्धा लाग्छरे! जेलमा हाल्छन रे ! अझ धेरै कारवाहि र जरिवाना ...
-
बन्दुक पड्काएर जनसत्ता कायम गर्नु पर्छ भन्दै यो मुलुकमा एक दशकसम्म बिध्वंस मच्चाउने पनि यिनै, नेपालगन्ज स्थित धवल समशेरको घरमा कमल थापालाई ...
-
भारत र India मा के फरक छ त ? - नेपाललाई अंग्रेजीमा पनि Nepal नै भनिन्छ । बंगलादेशलाई पनि Bangaladesh नै भनिन्छ र लेखिन्छ पनि । त्यस्तै ...
No comments:
Post a Comment