About Me

- बि एम ठकुरी
- Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल
Saturday, June 3, 2017
प्रमुख निर्वाचन आयुक्तलाई खुलापत्र, 'डा. सा'प ! कति बिटो समाएर पुन: मतदानको निर्णय लिनुभयो ?
आदरणीय
प्रमुख निर्वाचन आयुक्तज्यू,
नमस्कार !
समय तपाईंकै छ । रवाफ तपाईंकै छ । जे मन लागो त्यो गर्दा हुन्छ । जनताको मतको घाँटी निमोठेर जे गरेपनि हुने रहेछ । कसैलाई जिताउन वा हराउन पिसाव फेर्न जाने नाटक गरेको अव छरपष्ट सबैले बुझे । मैलेपनि बुझें । आज कुनै पार्टीको कार्यकर्ता भन्दापनि आम नागरिक भएर निकै हिनताबोध भएको छ मतदाता हुनुमा । खै मेरो मतको सम्मान । खोइ मेरो मतको इज्जत । मतपत्र त च्यातियो नै ! तपाईंको पुन: मतदान गर्ने निर्णयले तपाईंप्रतिको विश्वास नै च्यातियो ।
हामी बुझ्छौं तपाईंको पीडा, तपाईंको आस्था । अवका दिनमा माओवादी- कांग्रेसकै सरकार आउनेछ र त्यहाँ जागिर बचाउनपनि तपाईंले उनीहरुको पक्षमा निर्णय गर्नुभयो । नियम र ऐनको अपवाख्या गरेर पुन: मतदान गर्ने निर्णय गर्नुभयो । सबैले बुझेका छन् प्रचण्डको पुत्रीको ठाउँमा अरु कोहि भइदिएको भए तपाईंको निर्णय अर्कै हुन्थ्यो ।
मतको सम्मान खै ? कहिलेसम्म गर्नुहुन्छ चुनाव ? अर्को चुनावमा अव हार्ने भन्ने बित्तिकै मतपत्र च्यात्ने चलन चल्नेछ । प्रतिनिधि बसेरमात्र मत गन्नुपर्ने भएकाले कसैलाई नराख्न सम्भवपनि छैन । मतपत्र च्यात्न हात भए पुग्छ, अरु केहि चाहिंदैन । अनि कस्तो नजीर बसाउन खोज्दैहुनुहुन्छ ? कति पर सम्म सोचेर यस्तो निर्णय गर्नुभयो ?
तपाईंलाइ राम्रोसंग थाहा होला, तपाईंको यो निर्णयले अव अर्को चरणको निर्वाचनमा कति समस्या आउँछ भनेर । तपाईंलाइ यो पनि थाहा होला, तपाईंको यो निर्णयपछी तपाईंलाइ हेर्ने दृष्टिकोण कति परिवर्तन भयो होला जनताको ? सत्य त एउटा न हुन्छ । जुन छिट्टै उदांगो हुनेछ । र नांगिनेछ तपाईंको स्वाभिमान ! छिट्टै नै !
माफ गर्नुहोला डा. सा'प नसोधौं भन्दापनि सोध्न मन लाग्यो, 'आखिर कति बिटो समाएर पुन: मतदान गराउने निर्णय गर्नुभो !' याद गर्नुहोला पाप धुरीबाट कराउनेछ ।
चितवनको एक मतदाता
प्रमुख निर्वाचन आयुक्तलाई खुलापत्र, 'डा. सा'प ! कति बिटो समाएर पुन: मतदानको निर्णय लिनुभयो ?
Subscribe to:
Post Comments (Atom)
Are you virgin ?
कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...

-
नेतालाई सामाजिक सञ्जालमा गालि गर्याे भने साईवर क्राईम (cyber crime)अन्तरगत मुद्धा लाग्छरे! जेलमा हाल्छन रे ! अझ धेरै कारवाहि र जरिवाना ...
-
बन्दुक पड्काएर जनसत्ता कायम गर्नु पर्छ भन्दै यो मुलुकमा एक दशकसम्म बिध्वंस मच्चाउने पनि यिनै, नेपालगन्ज स्थित धवल समशेरको घरमा कमल थापालाई ...
-
भारत र India मा के फरक छ त ? - नेपाललाई अंग्रेजीमा पनि Nepal नै भनिन्छ । बंगलादेशलाई पनि Bangaladesh नै भनिन्छ र लेखिन्छ पनि । त्यस्तै ...
No comments:
Post a Comment