About Me

My photo
Many exceptions to the downward~ various groups dedicated to a radical defense of human, patriotic warrior. सिधा कुरा प्रष्ट बिचर #प्रेम_मेरो_देश_नेपाल

Thursday, June 29, 2017

ठमेल काण्ड सन्दर्भ असार १५ सडक मा तमाशा

नेपालको पर्यटकीय ठाउँ ठमेलमा बर्सको करोडौको आयाअर्जन गर्ने ब्याबसायी र घरधनी मीलेर आज असार  १५ गते ठुला ठुला मीडीया र टेलीभीजन बोलाएर   सडकमा तामझाम गरेर धान रोपेछन ,
उता बुटवलमा आफ्नै व्यक्तिगत लगानीमा  चन्दा उठाएर स्थानीय सर्बसाधरणले आफ्नो घर अगाडिको सडक पिच गरेछन !
कहाको बर्समा करोडौ व्यापार र घरभाडा उठाउने ठमेलबासी कहाको कहाको भखर भखर बीकासले गति लीदै गरेको ठाउका बुटवलबासी ,
काठमाडौंका जन्ताको कु सोच अनि बुटवल बासीको यो उच्चतम सोच,
आखीर ठमेल बासी पनि सामाजिक प्राणी हुन, र बुटवलबासी पनि ,
हरेक कुरामा सरकारको मुख ताक्नु हुन्न आफै पनि गर्न सक्छौ भन्ने र गर्ने बुटवलबासीको कति राम्रो सोच,आफू सक्ने हुदाहुदै  सरकार ले गर्दीयन भनेर मीडीया बोलाएर सहरको ब्याइज्जेत गर्दै सडकमा धान रोप्ने यो कस्तो सोच ?
मैले के अनुभुती गर्दै छु भने ठमेल एक उदाहरण हो प्राय धेरै
सहरमा स्वार्थीको झुन्डहरु बस्छन , यहाका मान्छेहरु अरुलाइ सोसेर खान पल्केका हुन्छ्न , यीनीहरुको दीमागमा पैसा भन्दा बाहेक अरु केही हुदैन , यीनीहरुको दीमागमा लोभको सागर हुन्छ !
यीनीहरु मीडीया प्रेमी हुन्छन खादाको भोको हुन्छन ,चर्चामा आउन जस्तोसुकै हर्कत गर्छन ,
तर मैले गाउको बारेमा जहाँ म जन्मीए त्यहा के सोच्छु र बुझ्छु भनेनी
गाउका धेरै  मान्छेहरु नीस्वार्थी हुन्छन समाजमा मीलेर बस्नुपर्छ भन्ने सोच्छन , आफुले गर्न सक्ने काम सरकारसङ्ग मुख ताक्दैनन , गाउमा कोही भोकै मर्नुपर्दैन , उपचार गर्न टाढा जानुपर्ला तर पैसो नभएर हतपत कोही अकालमा मर्नुपर्दैन कीनकी गाउको मान्छेको मनमा दयाको सागर हुन्छ !
यीनीहरु कुनै ठुला मान्छेबाट  खादा ओढन र नौटङ्की  चर्चाको भोको हुदैनन ,
सरकारको मुख मात्रै ताक्ने हैन आफै पनि गर्न सक्नुपर्छ भन्ने कुरा ठमेलबासीले बुटवलका जन्ता बाट सीकुन !

Sunday, June 25, 2017

भारत र india मा के फरक छ


भारत र India मा के फरक छ त ?
- नेपाललाई अंग्रेजीमा पनि Nepal नै भनिन्छ ।
बंगलादेशलाई पनि Bangaladesh नै भनिन्छ र लेखिन्छ पनि । त्यस्तै Germany, America, France, Canada, Bhutan, Japan आदि देशहरुलाई पनि सोहि नामले चिनिन्छ तर भारतलाईअंग्रेजीमा किन India भनिन्छ र लेखिन्छ त ? यो कुरा सबैलाई थाह नहुन सक्छ ।
India को शाब्दिक अर्थ Oxford Dictionary को
Page No. 789 मा यसरी उल्लेख गरिएको छ .....
" Old fashioned and Criminal Peoples" अर्थात " निच बिचारका पिछडिएका अपराधीहरुको प्रदेश" !!
भारतमा British उपनिबेश रहेकै बेला भारत र भारतीयहरु प्रति घृणा पुर्वक India राखेका थिए !!
साथै India मा रहेका सम्पूर्ण औपनिवेशिक कार्यालयहरु र मनोरन्जनका केन्द्रहरुका मुख्य प्रबेश द्वारहरुमा लेखिएको हन्थ्यो ......
"Indian and Dog are not allowed !!"
यसरी अंग्रेजहरुले Indian हरुलाई कुकुर सरह नै मानेका थिए !!
- सबैमा चेतना भया !!✋✋ ✊✊
#जय_नेपाल 💕✊✊

दार्जिलिङ को नेपाली भाषी दाजुभाई तथा दिदी बहिनी हरुको लागि एउटा सुझाव पहिला तिमीहरुको प्रधानमन्त्री लाई एउटा ज्ञापनपत्र बुझाउ ।

दार्जिलिङ को नेपाली भाषी दाजुभाई तथा दिदी बहिनी हरुको लागि एउटा सुझाव
पहिला तिमीहरुको प्रधानमन्त्री लाई एउटा
ज्ञापनपत्र बुझाउ
त्यसमा यो लेख कि जम्बु कश्मिर मा आफ्नो ज्यान को बाजि लगाएर सिमा रक्षा गरिरहेका सबै गोर्खा बटालियन का सैनिक हरुलाई नेपाल पठाईदेउ ।।
हामी अाफ्नो सिमा रक्षा आफै गर्न सक्छौ ।।
सक्छौ तिमीहरु यो गर्न???
ईन्डियन हुनुमा त्यतिको गर्व लाग्छ भने जाउ पहिला आफ्नो देश बचाउ सक्छौ ???
एउटा कुरा याद राख तिमीहरु नेपाली भाषि मात्र हो गोर्खाली होइन ।।।
#एक_नेपाली

Monday, June 5, 2017

कांग्रेसको सिद्धान्तच्यूत श्रृंखलाः बाँदरमुढेमा शोकसभा, संसदमा प्रधानमन्त्रीको चुनाव निर्वाचनको निश्पक्षता अधिकृतको ‘पिसाव’ले ढाकिन्छ ?

संयोगले आजकै दिन कल्याणपुर चितवनको बाँदरमुढे खोलाको छेउमा गाउँलेहरुले एउटा शोकसभा आयोजना गरेका छन् र यता काठमाडौंमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित गर्न संसद बैठक आयोजना भएको छ । १२ वर्षअघि माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान पौने ८ बजे माओवादीले बिच्छ्याएको विद्युतीय धरापमा परेको थियो र त्यसै धरापमा ३९ जना सर्वसाधारणको ज्यान गएको थियो । अर्काे संयोग के छ भने माओवादीलाई हिंसात्मक राजनीतिको मलिलो जमीन दिएर हतियार बोकाएर जंगल पठाउने समयमा यो देशका प्रधानमन्त्री शेरबहादुर देउवा थिए र आजै हुने प्रधानमन्त्री चुनावमा देउवालाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक त्यही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् ।

राजनीतिको यो संयोगबीच एउटा गम्भीर र अनुत्तरित प्रश्न छ– देशलाई एक दशकसम्म त्रासद हिंसामा लैजाने त्यत्रो लडाईंको अयोजक को थियो ? जसले हिंसात्मक लडाईंमा देउवा र दाहाललाई अलग मोर्चामा उभ्याएर १० वर्षे हिंसामा लोकतन्त्र डुबाइदियो र देउवा–दाहाललाई एउटै जुवामा नारेर अहिले लोकतान्त्रिक मुल्यपद्दतिमाथि प्रहार गरिरहेको छ । सत्ताको लेनदेनबाट लाभान्वित हुनेले त यसलाई सहज सत्ता हस्तान्तरणको नैतिक लेपन लगाएर महिमामण्डन गरिरहेका छन् तर, दाहाल–देउवाको १० महिना लामो ‘सहकार्य’ले कांग्रेसलाई सिद्धान्तच्यूत बनाएको केही घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । लामो फेहरिस्त नै चाहिंदैन, माओवादी नेताकी छोरीलाइ भरतपुरमा मेयर बनाउन मतपत्र च्यातेर पुनः निर्वाचन गराउन निर्वाचन आयोगलाई प्रयोग गर्ने कामसम्म कांग्रेस साक्षी बस्नु त्यसको ताजा उदाहरण हो र यो पनि संयोगले भरतपुरकै घटना हुन पुग्यो ।



लोकतन्त्रका संस्थाहरुको स्वतन्त्रतामा विश्वास राख्ने कांग्रेसजनले भरतपुर घटना, प्रधानन्यायाधीशमाथिको महाभियोग, आइजीपी काण्ड, राजदूत काण्ड आदिलाई सामान्यीकरण गर्न भरतपुर काण्ड एउटा निर्वाचन अधिकृतलाई पिसाव लाग्नुको भवितब्यका रुपमा ब्याख्या गरेर उम्किन सक्छन् । तर, भोट गन्दै अन्तिम चरणमा पुगेपछि वालुवाटारमा बैठक बस्छ, भरतपुरमा छोरी जिताएर ल्याउन निर्देशन दिन्छ, मतपत्र च्यातिन्छ, एक हप्ता अन्यमनस्कतामा विताएर निर्वाचन आयोग पुनः मतदान गराउने निर्णय गर्छ र कांग्रेस त्यसको साक्षी बस्छले कांग्रेसको सिद्धान्तच्यूतसँग गहिरो साइनो राख्छ । कांग्रेस र माओवादीको सम्बन्धमा पछिल्लो पटक भरतपुर जोडिनुको संयोगले मात्रै यस घटनालाई उदाहरण बनाइएको हो । माओवादीसँग कांग्रेसको संगतले निर्माण गरेको सैद्धान्तिक विचलनका यो भन्दा ठूल्ठूला उदाहरण छन् ।

राजनीतिलाई समाजसँग अलग गरेर नेताहरुको स्वार्थसँग मात्रै गाँस्ने हो भने बेग्लै कुरा नत्र लोकतान्त्रिक मुल्यपद्दति विरुरद्ध माथि चित्रण गरिएजस्तो सहकार्य सिद्धानतच्यूत नै हुन् । कहिले बाबुको टाउकोको मुल्य तोक्छ, कहिले छोरीलाई काँधमा बोक्छ । चुनावमा आफ्नो दलको उम्मेदवारलाई जबर्जस्ती फिर्ता गर्छ र मतपत्र च्यातेर छोरी जिताउने जालझेलको तमसुकमा सहीछाप गर्छ । कांग्रेस भनेकै शेरबहादुरको निजी स्वार्थ हो, त्यसका अघिल्तिर राष्ट्रियता, प्रजातन्त्र र समाजवाद केही होइन, बाँदरमुढेमा मारिएका निर्दाेष नागरिकको जीवनमुल्य पनि केही छैनमा कांग्रेस रुपान्तरण भएको छ ।



यही सिद्धान्तहीन गठबन्धनको औचित्य पुष्टि गर्न आम कांग्रेस होइन, कांग्रेसको देउवा प्रशासनले पछिल्लो पटक लामो समयदेखिको लोकतान्त्रिक सहयात्री एमालेलाई गाली गर्ने अभियान चलाएको छ । संविधानसभाले संविधान जारी गरेदेखि नै कांग्रेसले नयाँ सिद्धान्त प्रतिपादन गर्यो– संसदका मुख्य दलहरुले सरकारमा सहकार्य गर्नु हुँदैन । त्यसको अन्तर्य थियो लोकतान्तिक संविधानलाई संस्थागत हुन नदिन कृतिम रुपमा खडा गरिने ध्रुवीकरणलाई मलजल गर्नु । ०४६ सालदेखि सहकार्य गर्दै आएको एमालेलाई एक्ल्याएर लोकतन्त्रलाई तात्कालीन रणनीतिका रुपमा मात्रै अख्तियार गरेको माओवादीसँग घाँटी जोड्नु । त्यसपछि नाश हुने त कांग्रेसकै थियो, कांग्रेसको छविमाथि लागेको धब्बा र भरतपुरको विद्रुप रुप त्यही सहकार्यको परिणति हो ।

कांग्रेसको सिद्धान्तका तीनवटा आधार छन्, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । आजको मितिमा राष्ट्रियताको आदर्शमा कांग्रेस कहाँ उभिएको छ भनिरहनु पर्दैन । एमाले अध्यक्ष केपी ओलीले आत्मसात गरेको राजनीतिक गन्तब्यबाट हतप्रभ भएर कांग्रेस ओली र एमाले विरुद्ध प्रहार गर्ने एकसुत्रीय ध्याउन्नमा छ । यतिबेला कांग्रेस संस्थापक बीपी कोइरालाको सम्झना हुन्छ । बीपीले आफ्नो राजनी

नेपाल यस्तो देश हो। जहाँ सरकार नियम बनाउछ जनता पालना गर्नु त परै जाओस ट्रोल बनाएर सन्जालमा उडाउछ। Rajeen Gurung

नेपाल यस्तो देश हो जहाँ सरकार नियम बनाउ जनता पालना गर्नु त परै जाओस ट्रोल बनाएर सन्जालमा उडाउछ...अनि फेरी भन्छ सरकारले नियम कानुन बनाएन...!!
अचेल यस्तै प्रसंग चलिरहेको छ जेब्रा क्रसिङ को, हामी सानो छदाँ दुई कक्षा तिरको पाठ्यक्रममा पनि पढेको कुरा बाटो काट्दा जेब्रा क्रसिङ बाट काट्नु पर्छ...
जनता नियम मान्दैनन अनि सरकारले अलि कडाई गर्यो २०० रूपैया जरिवाना तर जनतालाई जथाभावी बाटो काट्न नापाएर पारो तातेको छ ।
कमसेकम जेब्रा क्रसिङ, आकाशे पुल भको ठाउमाँ त पालना गर्नुसहाम्रै लागी हो नभाको ठामा संयमित भएर बाटो काट्नुस /
तर घर पारी पसल छ बिस्कुट किन्न जानलाई जेब्रा क्रसिङ नभेटेर आज भोकै भनेर पोस्ट गर्दा तपाईलाई रमाइलो लाग्ला तर म चाहीं तपाइले आफूले आफ्नै बेज्जत किन गर्या होला र तपाइको बौद्धिक क्षमता नै त्यती रहेछ भनेर सोच्छु ।
र अन्त्यमा विकसित मुलुक अमेरिका, जापान, कोरिया अनि यूरोपियन मुलुक तिर रहने दाई दिदीहरुले नेपालमा भएका सिक्षित तर नियमको विरोध गर्ने र सामाजिक संजालमा विरोध गर्नेलाई सम्झाईदिनुस कि तपाईहरु रहनु भएको मुलुकमा सडक नियम नमान्दा के कस्तो कारबाहि हुन्छ र कति जरिवाना तिर्नु पर्छ???

Saturday, June 3, 2017

प्रमुख निर्वाचन आयुक्तलाई खुलापत्र, 'डा. सा'प ! कति बिटो समाएर पुन: मतदानको निर्णय लिनुभयो ?


आदरणीय
प्रमुख निर्वाचन आयुक्तज्यू,
नमस्कार !

समय तपाईंकै छ । रवाफ तपाईंकै छ । जे मन लागो त्यो गर्दा हुन्छ । जनताको मतको घाँटी निमोठेर जे गरेपनि हुने रहेछ । कसैलाई जिताउन वा हराउन पिसाव फेर्न जाने नाटक गरेको अव छरपष्ट सबैले बुझे । मैलेपनि बुझें । आज कुनै पार्टीको कार्यकर्ता भन्दापनि आम नागरिक भएर निकै हिनताबोध भएको छ मतदाता हुनुमा । खै मेरो मतको सम्मान । खोइ मेरो मतको इज्जत । मतपत्र त च्यातियो नै ! तपाईंको पुन: मतदान गर्ने निर्णयले तपाईंप्रतिको विश्वास नै च्यातियो ।

हामी बुझ्छौं तपाईंको पीडा, तपाईंको आस्था । अवका दिनमा माओवादी- कांग्रेसकै सरकार आउनेछ र त्यहाँ जागिर बचाउनपनि तपाईंले उनीहरुको पक्षमा निर्णय गर्नुभयो । नियम र ऐनको अपवाख्या गरेर पुन: मतदान गर्ने निर्णय गर्नुभयो । सबैले बुझेका छन् प्रचण्डको पुत्रीको ठाउँमा अरु कोहि भइदिएको भए तपाईंको निर्णय अर्कै हुन्थ्यो ।

मतको सम्मान खै ? कहिलेसम्म गर्नुहुन्छ चुनाव ? अर्को चुनावमा अव हार्ने भन्ने बित्तिकै मतपत्र च्यात्ने चलन चल्नेछ । प्रतिनिधि बसेरमात्र मत गन्नुपर्ने भएकाले कसैलाई नराख्न सम्भवपनि छैन । मतपत्र च्यात्न हात भए पुग्छ, अरु केहि चाहिंदैन । अनि कस्तो नजीर बसाउन खोज्दैहुनुहुन्छ ? कति पर सम्म सोचेर यस्तो निर्णय गर्नुभयो ?

तपाईंलाइ राम्रोसंग थाहा होला, तपाईंको यो निर्णयले अव अर्को चरणको निर्वाचनमा कति समस्या आउँछ भनेर । तपाईंलाइ यो पनि थाहा होला, तपाईंको यो निर्णयपछी तपाईंलाइ हेर्ने दृष्टिकोण कति परिवर्तन भयो होला जनताको ? सत्य त एउटा न हुन्छ । जुन छिट्टै उदांगो हुनेछ । र नांगिनेछ तपाईंको स्वाभिमान ! छिट्टै नै !

माफ गर्नुहोला डा. सा'प नसोधौं भन्दापनि सोध्न मन लाग्यो, 'आखिर कति बिटो समाएर पुन: मतदान गराउने निर्णय गर्नुभो !' याद गर्नुहोला पाप धुरीबाट कराउनेछ ।

चितवनको एक मतदाता



प्रमुख निर्वाचन आयुक्तलाई खुलापत्र, 'डा. सा'प ! कति बिटो समाएर पुन: मतदानको निर्णय लिनुभयो ?

भरतपुरमा पुन : मतदान - बि एम ठकुरी


                  भ्रस्टाचारका फाइल खोल्दै घुसखोरलाई सजायँ फैसला गर्दा सुशिलालाई महाभियोग लगाए पछि अब सर्बोच्छ अदालत नंग्रा र दाह्रा नभएको बाघ भाको अवस्थामा निर्वाचन आयोगका आयुक्तले मतगणना गर्ने निर्णय गरेको भए अयोधी प्रसाद यादव माथि पनि महाभियोग लाग्ने निश्चित नै थियो तसर्थ उनले जे गरे त्यो स्वभाविक नै थियो !!! अबका चुनाव वास्तबमै नाटकीय हुने भए !!! जे होस् भरतपुर चुनावको स्वाद घन्टौं चपाएको चुइङ गम जस्तो भयो ! अब चपाउनु र थुक्नुमा खासै अर्थ रहेन !!! अब जित्ने रेणु दाहाल हुने निश्चित प्राय : जस्तै छ ! जे होस् हारे पनि देबी जितेकै हुन् भने रेणुलाई पनि हारेकी रन्जु दर्शनाको जस्तो बिजयी स्वाभिमान हुने छैन !! रेणु र उनको बाबा दादा अनि काकु देउबाको शैलीमा जसरी पनि जित्ने साम दाम दण्ड भेद चरितार्थ भएको छ !!! जे होस् नेपालको मुटु चितवन बाट मुलुक भरि राम्रो नजिर संचार हुने आश थियो तर बिडम्बना नै भन्नु पर्छ जे नहोस भनेको थियो त्यही भयो !!! अब १९ नम्बरका जनताले पुन : मतदानको नियत बुझेर राष्ट्रिय सन्देश दिने गरि कायापलट गरे फरक कुरा नत्र आयोगलाई अबका चुनाव फलामका च्युरा हुने निश्चित छ !!! मतपत्र च्यात्नेलाई पनि फूलमाला र खादाले स्वागत गर्ने पनि नजिर बसेको छ !! जे होस् नेपाली कांग्रेस र माओवादी जो यो चुनाबी गठबन्धनको पक्षमा छन् र एमाले देखि सहन्नन खुशी नै होलान् !!! यहाँ कुरो कुनै दलको थिएन ! यदि रेणु बिजय उन्मुख भएर एमालेका बुथ प्रतिनिधिले मतपत्र च्यात्ने गरेको भए यस्तो फैसला आयोग ले गर्थ्यो त भन्ने हो ! अनि के अब आउने चुनावहरु पनि यसरी नै अगाडि बढे भने राज्यकोष, जनताको समय , श्रोत र शक्तिले थेग्न सक्ला !!!एमालेले भरतपुर १९ को मतपत्र च्यातिएकोले फेरि चुनाव गराउने निर्णयको बिरोध हैन स्वागत गर्नु पर्छ - बरु मतगणना सकिने बेला माओवादीले जसरी आफ्ना प्रतिनिधि मार्फत अलिकति च्यात्ने त्यस पछि अण्डा पहिला कि कुखुरा पहिला भन्ने बहसको दोहोरी सुरु गरे फाईदा होला जस्तो लाग्छ !!

Thursday, June 1, 2017

दल हरु लाई हेक्का रहोस । भुपेन्द्र शाही

२०५८/२/१९ दिन राजा बिरेन्द्र परिवारको बंशनास हुनु नेपाल र नेपालीको लागि सबैभन्दा कालो रात साबीत भयो देशमा अनेकौ बिकृतिले जरा गाड्यो त्यति बेलाको तत्कालीन ने.क.पा माओबादी लगायत अन्य नेपाली काङ्ग्रेस,एमाले, भारतले जनयुद्ध लाइ पनि मलजल पुग्ने गरि रहस्यमय दरबार हत्याकाण्ड रचाइयो र देशमा जनमुक्तीको खोक्रो नारा दिएर देशमा कैयौ भौतीक संरचनाहरु तोडफोड गरिए राजा बिरेन्द्र द्वारा जनताले मागेको बहुदलको लागि २ या ३ ब्यक्तीको हत्या हुन दिएनन् तर त्यति बेलाको तत्कालीन ने क पा माओबादीले जन आन्दोलन २०६२/६३ सम्म १७००० नेपाली नागरीकको बलिदान लियो आखीर के का लागि हत्या १७००० नेपाली नागरिकको के का लागि त्यो दर्बार हत्याकाण्ड सँघियताको धाजो हालेर जातजातीको बिचमा धांजो हालेर धर्मको बिचमा फाटो ल्याएर आफ्नो अनुकुलको राजनितिक स्वार्थ हेरेर त्यो दबार हत्याकाण्डको पीडा ती बिनाकसुर मारीएका १७००० नेपाली नागरिकको परिवारको पिडा साम्य हुदैन जनतालाइ देशमा बिकाश र शान्ती अावशयक छ देश बिखण्डनको लागि सि.के.राउत होइन धर्ममा फाटो ल्याउने पश्चिममि देशकाे सहयोग लियाै कतै कतै इन्टरनेट हेडलाइनमा कसैले भबिष्यबाणी गरेर राजा फर्कदैछन् देशमा रक्तपात हुदैछ दलिय प्रथा सदाकोलागी हट्दैछ भन्ने समचारहरु पढ्नपनि पाइन्छ यथाकथित त्यो भबिष्यबाणी सत्य साबीत भयो भने दलहरुको हबिगत के होला दलहरुलाइ हेक्का रहोस ! श्रि ५ बिरबिक्रम बिरेनद्र शाहा प्रति हार्दिक श्रद्धाञ्जली 🌹
जय देश जय नरेश ✋
जय राजासंस्था ✋

नारी हिंसा अन्त्य गरौं ।

फिल्ममा चुरोट खादैँ गरेको scene आउँदा जसरी " #धुम्रपान स्वास्थको लागि हानिकारक छ " भनेर देखाउछन् त्यसरी नै rape scene आउँदा किन " #नारी हिँसा अन्त्य गर " भनेर चेतना दिने प्रयास गरिदैन?

साधु यिनै लुटेरा यिनै, प्रजा यिनै राजा यिनै - GS Paudel

बन्दुक पड्काएर जनसत्ता कायम गर्नु पर्छ भन्दै यो मुलुकमा एक दशकसम्म बिध्वंस मच्चाउने पनि यिनै, नेपालगन्ज स्थित धवल समशेरको घरमा कमल थापालाई बोलाएर ज्ञानेन्द्र शाह समक्ष अरु दललाई स्याक गर्ने सर्तमा संवैधानिक राजतन्त्रको प्रस्ताव गर्ने पनि यिनै । राजतन्त्रको बर्खिलाफमा चर्का नारा ओकलेर हज्जारौ सोझा जनताको रगतमा आहल खेल्ने पनि यिनै, शान्ती प्रकृयामार्फत संसदमा छिरेपछी बेबी किङको माग गर्दै तमासा देखाउने पनि यिनै। जनताले चुनेको संविधानसभा मार्फत संविधान ल्याउनु पर्छ भन्दै मशाल बोक्ने पनि यिनै, संविधान निर्माणका लागि चुनाव गर्न खोज्दा " कहाँ यसरी संविधान ल्याइन्छ? हामीले चुनाव चुनाव भन्ने हो र भित्र भित्रै अर्को बिद्रोहको तैयारी गर्ने हो, चुनाव गर्छु भन्नेका देशै भरी खुट्टा भच्ने हो।" भन्दै आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिने पनि यिनै। दुई ठुला दलहरुको दुई तिहाइ बहुमतको अघी केही जोर नचलेर चेपुवामा परेपछी यो संविधानमा हस्ताक्षर गर्ने पनि यिनै, संविधान जारी गर्ने त्यही दुई तिहाइ जनमत भन्दा अघी सरेर यो संविधानमा सबैभन्दा ठुलो हक दावी गर्ने पनि यिनै । बातै पिच्छे संसदिय प्रणालीलाई फोहोरी खेल भन्दै जनता उचाल्ने पनि यिनै, लगातार पटक पटक त्यही संसदिय प्रणालीको रसस्वादन गर्ने पनि यिनै। सर्वहारा र श्रमजीवीको यो युद्द सामन्तीहरुको बिरुद्द हो भन्दै गोला बम बारुद थमाउने पनि यिनै, आज आफु सुविधा सम्पन्न महलहरुमा बसेर एक छाक चामल र एक चक्की सिटामोल नपाएर रोएका कर्णालीका बाहुन-क्षेत्रीहरु अभिजात्य सामन्तीहरु हुन भनेर बताउने पनि यिनै। जातै पिच्छे राज्य दिन्छु भनेर मुलुकलाई जातिय बिखन्डन्तामा होम्न खोज्ने पनि यिनै, मुख छोपेर राष्ट्रिय एकताको भाषण गर्ने पनि यिनै। भारतीय विस्तारवाद बिरुद्द भन्दै सुरुङ खन्न लगाउने पनि यिनै, २५ बुदेँ मार्फत यो मुलुकको स्वतन्त्र परराष्ट्र नितीलाई भारतको पाउमा चढाउने पनि यिनै। संघियताको बाजा बजाउने पनि यिनै, संविधानले नै बिकेन्द्रिक्रित गरेका अधिकारहरुलाई पुन केन्द्रिक्रित गर्न मरिहत्ते गर्ने पनि यिनै। स्वतन्त्र न्यायपालिकालाई राजनीतिकरण गर्न खिलराज जन्माउने र प्रधानन्यायधिस माथि महाभियोग लगाउने पनि यिनै, शक्ती पृथकिकरणको सुकिलो मुकिलो द्रिष्टान्त दिने पनि यिनै। जनताको आत्मनिर्णयको दुहाइ दिने पनि यिनै, जनताको जनमत च्यात्ने र चपाउने पनि यिनै।
साधु यिनै लुटेरा यिनै, प्रजा यिनै राजा यिनै।
प्यास यिनै पानी यिनै, भोक यिनै खाजा यिनै।।
कुहिएर झरेको पनि बर्षौ बितिसकेको छ यहाँ,
अझै पनि स्वच्छ यिनै, अझै पनि ताजा यिनै ।।

Are you virgin ?

कथा :- Are you virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन  चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्त...